काठमाडौं । मृगौलामा समस्या देखिएपछि पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल छाउनीस्थित सैनिक अस्पतालमा उपचारमा लागि भर्ना भएका छन् ।उनको डायलासिस् चलिरहेको अस्पताल प्रशासनले जनाएको छ ।
चिकित्सकहरुका अनुसार उनको मृगौला प्रत्यारोपण गर्नपर्ने भएको छ । प्रत्यारोपणको लागि तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको पहिलेदेखि नै एउटा किड्नी सानो अर्थात् ‘युनिल्याटरल रेनल हाइपोप्लासिया’ भएको थियो । तर अर्को मिर्गौला भने सामान्य थियो ।
दुवै मिर्गौलामा समस्या आएपछि अहिलेसम्म उनको चारपटक डायलासिस गरिसकिएको छ । प्रत्यारोपणका लागि मिर्गौला दिने व्यक्ति भेटिएपनि अहिले विभिन्न प्रक्रिया चलिरहेका बताइएको छ ।