एजेन्सी । भारतमा २४ घण्टा अवधिमा आठ हजार ५८२ कोरोना संक्रमित थपिएका छन्।केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ४४ हजार ५१३ रहेको छ। यो कुल सङ्क्रमितको ०।०६ प्रतिशत भएको जनाइएको छ।
यस्तै, यो अवधिमा चार हजार ४३५ संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोनाबाट चार करोड ३० लाखभन्दा बढी निको भएका छन्। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत छ।कोरोना महामारीका कारण भारतमा पाँच लाख २४ हजार ७५७ जनाको निधन भएको छ। भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४५ लाखभन्दा बढी व्यक्तिको परीक्षण भएको छ।