काठमाडौं । भारतीय कांग्रेस पार्टी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छन्। पार्टी प्रवक्ता रणदीप सुरजेवालाका अनुसार कोभिडसम्बन्धी समस्याका कारण उनलाई आइतबार दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको हो।
सुरजेवालाका अनुसार गान्धीको स्वास्थ्य स्थिति स्थिर छ भने उनलाई अस्पतालमा निगरानीमा राखिएको छ।सुरजेवालाले भनेका छन्, ‘हामी सबै कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई शुभकामनाका लागि धन्यवाद व्यक्त गर्छौं।’