नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकालाई १० दिने तालिम प्रदान गरिएको छ ।स्वास्थ्य मन्त्रालय वाग्मती प्रदेशको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय नुवाकोट र शिवपुरी गाउँपालिकाको आयोजनामा सो तालिम प्रदान गरिएको हो।
तालिमलाई सुनखानी स्वास्थ्य चौकीका २ जना नर्सिड कर्मचारीले सहजीकरण गरेको शिवपुरी गाउँपालिका स्वास्थ्य प्रमुख उद्धब कार्कीले बताए। समापन समारोहमा गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया वडा नम्बर ७ का अध्यक्ष बिरबहादुर तामाङले मन्तव्य राखेका थिए।
गाउँपालिकाका अध्यक्ष थपलियाले जनस्वास्थ्यका विषयमा स्वास्थ्यकर्मी अनवरत खटेकाले शिवपुरीमा नराम्रो घटना नघटेकोमा आफू अत्यन्त हर्षित भएको बताए। स्वास्थ्यकर्मीको सेवा र बिमामा गाउँपालिकाले कुनै कुरामा कमी नगर्ने लक्ष्य गाउँपालिकाको रहेको अध्यक्ष थपलियाले बताए। तालीममा सहभागीलाई अध्यक्ष थपलियाले प्रमाणपत्र तथा सम्मानपत्र समेत प्रदान गरेका थिए।