काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको लाइसेन्स परीक्षामा तीन पटकसम्म आफ्नो छोरा फेल भएपछि एमाले सांसद गंगा चौधरीले नेपाल मेडिकल काउन्सिल कमिसनको खेलमा लागेको आरोप लगाएकी छन् ।
आइतबारको प्रतिनिधी सभा बैठकमा बोल्दै उनले मेडिकल काउन्सिलको कमिसनको खेलका कारण धेरै चिकित्सकहरु काउन्सिलको लाइसेन्स परीक्षामा फेल हुने आरोप लगाएकी थिईन् । काउन्सिल स्रोतका अनुसार बंगलादेशबाट डाक्टर पढेर आएका सांसद चौधरीका छोरा तीनपटकसम्म चिकित्सक लाइसेन्स परीक्षामा फेल भएका कारण उनी काउन्सिलमाथि खनिएकी हुन् ।
उक्त स्रोतका अनुसार लाइसेन्स परीक्षामा छोराको नाम निकाल्नका लागि उनले पटक-पटक लगाएको सोर्स फोर्स समेत असफल भएपछि उनले यस्तो आरोप लगाएकी हुन् ।