काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य क्षेत्रमा अझै २० हजार जनशक्ति अभाव भएको बताएका छन्।उनले स्वास्थ्य क्षेत्रमा २० हजार जनशक्ति अभाव भएको बारे अध्ययन जरुरी रहेको बताएका हुन्।उनले स्वास्थ्यका न्यूनतम आवश्यकता पूरा गर्न कूल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने पनि बताए।ले स्वास्थ्य क्षेत्रमा अझै २० हजार जनशक्ति अभाव भएको बताएका छन्।उनले स्वास्थ्य क्षेत्रमा २० हजार जनशक्ति अभाव भएको बारे अध्ययन जरुरी रहेको बताएका हुन्।उनले स्वास्थ्यका न्यूनतम आवश्यकता पूरा गर्न कूल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने पनि बताए।
यस्तै, स्वास्थ्य क्षेत्र जनस्वास्थ्यमुखी नभई अस्पतालमुखी भएको उल्लेख गर्दै यहीकारण स्वास्थ्यलाई राष्ट्रिय प्रणालीतर्फ लैजान नसकिएको बताए। स्वास्थ्यमा नागरिकको पकेट खर्च कति घटाउनसकिन्छ भनेर हेर्नुपर्ने भन्दै उनले यहीकारण स्वास्थ्य बिमा प्रणालीको अवधारणा अगाडि बढाइएको बताए। उनले औपचारिक क्षेत्रलाई पनि बिमा प्रणालीमा ल्याउनुपर्ने र गरिबलाई वडास्तरबाट पहिचान गरेर सबैलाई समेट्नुपर्ने बताए।
यस्तै, निःशुल्क औषधि सबै स्थानीय तहबाट उपलब्ध गराउनुपर्ने, नागरिक आरोग्य कार्यक्रमलाई विस्तार गर्नुपर्ने र चिकित्सा शिक्षा ऐनका प्रयोगात्मक समस्यालाई पुनरवलोकन गर्नुपर्ने पनि उनले बताए।
उनले सबै प्रदेशमा दुई मेडिकल कलेज हुनुपर्ने घोषणा गरिए पनि बर्दिबास मेडिकल कलेजको काम के कारणले रोकिएको हो भन्ने प्रश्न गरे।पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट घटाइएकोमा पनि आपत्ती जनाए।