काठमाडौं । लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको छ। महिला माथि हातपात गरेको आरोपमा उनलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको हो।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेकी हुन्। मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।
उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर बस्नेतको घरमा पुगेकी थिइन्। मन्त्री वलीले के कारणले हातपात गरेकी हुन् त्यो भने खुल्न बाँकी छ।