काठमाडौं । कुष्ठरोगको सेवा विस्तार गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले टेलिमेडिसिन केन्द्रको स्थापना गरेको छ । यसअघि कुष्ठरोगको उपचारका लागि आनन्दवन अस्पताल लेलेमा मात्र सुविधा रहेकोमा टेकुमा पनि उपचार सुरु गरिएको छ ।
सबै प्रकारका सुविधासहित कुष्ठरोगको उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। कुष्ठरोगका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरिएको छ।