हेटौंडा । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा.विराजमान कर्माचार्य नियुक्त भएका छन्।
सल्लाहकार तथा विज्ञ नियुक्ति सम्बन्धी कार्यविधि २०७८ को दफा ३ (५) अनुसार उनलाई नियुक्त गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।
कर्माचार्य धुलिखेल अस्पताल पब्लिक हेल्थ डिपार्टमेन्टका एशोसियट प्रोफेसर हुन् । काठमाडौं विश्वविद्यालयबाट एबिबिएस गरेका उनले थाइल्याण्डको महिडोल विश्वविद्यालयबाट ट्रफिकल मेडिसिनमा एमएससी, वासिङ्टन विश्वविद्यालयबाट ग्लोबल हेल्थमा स्नातकोत्तर र एपिडिमियोलोजीमा विद्यावारिधि गरेका छन् । उनी स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधिमा सक्रिय छन्।