काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयले आन्दोलनरत विद्यार्थीका माग पूरा गर्न नसक्ने जनाएको छ।
मौका परीक्षाको माग राख्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि मंगलबार एक सूचना सार्वजनिक गर्दै आइओएमले यस्तो बताएको हो।गत जेठ ३१ गते बसेको परीक्षा सन्चालन समितिको बैठकले मौका परीक्षाको व्यवस्था गर्न नमिल्ने स्पष्ट पारेको हो।