काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा समाज कल्याण राज्यमन्त्री विमला वली खत्रीको घटना बारे छानविन गर्न कार्यदल गठन गरेको छ।
बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो। समितिका सदस्यहरूमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवत्ता श्रीकृष्ण सुवेदी रहेका छन्।
स्वास्थ्य राज्यमन्त्रीले दाङको तुलसीपुरमा मंगलबार एक महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। तर उनलाई राती ११ बजे बुटवल पठाइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।