काठमाडौं । बागमती प्रदेश सरकारले निःशुल्क डायलाइसिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मका कार्यक्रम समेट्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ।
प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मामोग्राफी मेसिन खरिद गरी निःशुल्क सेवा प्रदान गरिने भएको छ।
महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी पाठेघर खस्ने समस्या, अब्सट्रेटिक फिस्टुला लगायतका समस्याहरुको शिविरमार्फत समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गरिने भएको छ। एक विद्यालय एक नर्स कार्यक्रमका लागि २८ करोड रूपैयाँ छुट्याइएको छ।