काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका दुवै प्रादेशिक स्तरको अस्पतालमा टिकट खरिद गर्नु नपर्ने जनाएको छ। प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालको ओपीडी टिकटमा लाग्ने शुल्क नलिने भएको हो।
आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी टिकटमा शुल्क नलिने बताएका हुन्।
ओपीडी टिकटमा शुल्क नलिने निर्णय कार्यान्वयनका लागि वजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। मन्त्री खड्काका अनुसार लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा स्तारेन्नतिसमेत गरिनेछ ।