काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना हैजाको बिरामी पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार एक जनामा हैजा पुष्टि भएको र अर्को एक जनामा पनि लक्षण देखिएको हो ।
हैजा पुष्टि भएको र लक्षण देखिएको दुवै जना महिला हुन् । उनीहरू एकै ठाउँमा बस्ने भएकाले लक्षण देखिएकोलाई पनि हैजाको आंशका गरिएको छ ।
उनिहरूको आईसीयूमा राखेर उपचार हुँदैछ । काठमाडौंको फोहोर र दुषित पानीबाट हैजा सरेको हुन सक्ने चिकित्सक बताउँछन् ।झाडापखालाका बिरामीले पनि वार्ड र इमर्जेन्सी भरिएको छ । पछिल्लो साता दैनिक १० भन्दा बढी झाडापखालाका बिरामी इमर्जेन्सीमा आइरहेको अस्पतालले जनाएको छ ।