काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।
दुबईबाट भर्खरै नेपाल आएका एक युवकमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखा परेको टेकु अस्पताल स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।