काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०३८ जनाको पीसीआर परीक्षणमा १२जना र १२३० जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर ९५ जना सक्रिय संक्रमित रहेका छन् ।