काठमाडौँ । दुबईबाट नेपाल आएका व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
उक्त व्यक्तिमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
मंकीपक्ससँग मिल्दा जुल्दा लक्षण भएपछि उहाँलाई अव्जरबेसनमा राखिएको थियो। तर मंकीपक्स नभएर कुष्ठरोग पुष्टि भएको छ’, उनले भने, ‘उहाँलाई एक महिनादेखि लक्षण देखिएको छ।अहिले छाला रोग विशेषज्ञको निगरानीमा हुनुहुन्छ। उपचार सुरु भइसकेको छ। यसको प्रकृया पुगेपछि चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज गरिनेछ।’ उनले भने।