कैलाली । यहाँको गेटामा निर्माण भएको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
मेडिकल कलेजको भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा आउन सकेको छैन । यसै विषयमा प्रम देउवाले तत्काल विधेयक ल्याएर स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री देउवाले आज धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।