काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५९० जनाको पीसीआर परीक्षणमा ११ जना र ९४४ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोनाबाट ११ जना निको भएका छन् भने हाल देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन् ।