काठमाडौं । झापाको दमक बस्दै आएका भुटानी शरणाथी नेता डा.भम्पा राईको निधन भएको छ। आज बिहान ७५ वर्षको उमेरमा विराटनगरको नोबल मेडिकल कलेजमा उनको निधन भएको हो ।
पाँच दिन अघि मात्रै उनको दमकस्थित लाइफलाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई शनिबार दिउँसो विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।
उनको आज साँझसम्म अन्येष्टी गरिने बताइएको छ ।