काठमाडौं । नेपालमा पहिलोपटक हर्मोनल क्लिनिक सञ्चालनमा आउँदै छ । परिवार नियोजन संघले यौनिक तथा लैंगिकअल्पसंख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्नका लागि उक्त क्लिनिक सञ्चालनमा आउन लागेको जनाएको छ।
दक्षिण एशियामा गैरसरकारी संस्थाबाट ‘हर्मोनल क्लिनिक’ सञ्चालन गर्ने संघ पहिलो संस्था हुने बताइएको छ।संघका व्यवस्थापक डा नरेशप्रताप केसीले विशेषगरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनका लागि अन्तिम तयारी भइरहेको र आगामी साउनदेखि सेवा सुरुआत हुने जानकारी दिए।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो क्लिनिकल सेवाभित्र के–कस्ता सेवालाई समावेश गर्ने भन्ने आन्तरिक तयारी तथा आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापन भइरहेको संघले जनाएको छ।