काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेका छन् ।
आइतबार झापा बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजमा एक कार्यक्रमका बीच प्रसाईंले दुबईमा ५ सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।
मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ ९दुबई० मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं ।’