काठमाडौं । कोभिड–१९ सङ्क्रमण विरुद्ध कैलालीमा बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिएको छ। ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई लक्षित गरी आगामी ९ देखि १५ गतेसम्म फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ ।
कैलालीमा ५–११ उमेर समुहका एक लाख ४३ हजार नौ सय ३४ जना बालबालिकालाई खोप लगाइने छ ।स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार खोप अभियानका लागि तीन सय केन्द्र निर्धारण गरिएका छन्।
उनका अनुसार खोप दिने आधार पनि विद्यालयले तयार गरेको कक्षागत सूचि, नामावली वा विद्यालयले उपलब्ध गराएको परिचयपत्र र विद्यालयमा सूचिकृत नभएका बालबालिका रहनेछन् ।