काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन) का अवसरमा धरान स्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ दिने योग शिविर सञ्चालन हुने भएको छ । ‘तनाव व्यवस्थापनका लागि योग’ भन्ने नाराका साथ उक्त शिविर हुन लागेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको योगा एण्ड लाइफस्टाइल क्लिनिक, बेसिक एण्ड क्लिनिकल फिजियोलोजी विभागले प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी र तिनका परिवारका लागि योग शिविर आयोजना गर्न लागेको उक्त विभागका विभागिय प्रमुख प्रा.डा.दिलीप ठाकुरले बताए ।
शिविरको उद्घाटन प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीबाट भोली बिहान ५ः३० बजे प्रतिष्ठानको अतिथी गृह प्राङ्गणमा हुनेछ । उक्त शिविर आषाढ १३ गते सम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म सोहि स्थानमा हुनेछ । उक्त शिविरमा विभाग अन्तर्गतको योगा एण्ड लाइफस्टाइल क्लिनिकका योग प्रशिक्षक नविन काप्mलेबाट प्रशिक्षण दिइनेछ ।