काठमाडौं । औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवं गुणस्तर यकिनका लागि ५८ वटा विदेशी औषधि उद्योग / कम्पनी छनोट भएको जनाएको छ।
विदेशी उद्योगको डब्लुएचओ–जिएमपी निर्देशिकाअनुसार अडिट/निरीक्षण कार्यक्रमका लागि प्राप्त आवेदनमध्ये असार ६ को सचिवस्तरको निर्णयअनुसार ती कम्पनीलाई छनोट गरिएको विभागले जनाएको छ।छनोट गरिएका औषधि उद्योगमा बंगलादेश तथा भारतका कम्पनी रहेका छन्।