काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ रहनका लागि योग महत्वपूर्ण भएको बताएका छन् । योग दिवसका अवसरमा सैनिक मुख्यलाय जंगी अड्डा भद्रकालीमा विशेष कार्यक्रमको अवसरमा बोल्दा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
कार्यक्रमको पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सम्बोधन समेत सम्बोधन गरेका थिए । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।