काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७३१ जनाको पीसीआर परीक्षणमा १४ जना र १०८३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२४ जना सक्रिय संक्रमित रहेका छन् ।