काठमाडौं । सरकारले शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका डा पुकारचन्द्र श्रेष्ठलाई उमेरहदका कारण अनिवार्य अवकाश पाए पनि निर्देशक हुन पाउने गरी कानुन नै संसोधन गरेको छ ।
मानव अङ्ग प्रत्यारोपण विकास समितिको गठन आदेशमा संशोधन गर्दै भदौबाट अवकास पाउन लागेका डा श्रेष्ठलाई कार्यकारी निर्देशकमा निरन्तरा दिने गरी बाटो खोलिदिएको हो। उनी धेरै पटक विवाद मुछिएका छन् । असार २ मा सरकारले मानव अङ्ग प्रत्यारोपण विकास समिति ९गठन० ९तेस्रो संशोधन० आदेश, २०७९ को दफा ६ को उपदफा ३ (क) थप गरेको छ।
‘उपदफा २ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त भएको चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकास हुने भएमा समेत उपदफा ९३० बमोजिमको अवधीसम्म कार्यकारी निर्देशकको पदमा बहाल रही रहन बाधा पर्ने छैन।’ भनिएको छ ।
डा पुकार भदौमा ६० वर्ष उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्। तर सरकारले अहिले नै गठन आदेश संशोधन गर्दै उक्त पदमा डा पुकारलाई नै निरन्तर हुने व्यवस्था मिलाइदिएको हो।