काठमाडौं । पहिले-पहिले मोटाउनुलाई निकै गर्वको विषय मानिन्थ्यो। अहिले मोटाउनु मानिसका लागि अभिसाप बन्न थालेको छ। निरन्तर मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ।
मोटोपना भनेको शरीरको तौल बढ्ने हो। नेपालीमा मोटोपना विशेष गरेर शरीरभरि भन्दा पनि पेटमा बढेको देखिन्छ। अव्यवस्थित जीवनशैली र खानपानको उपहार हो मोटोपना र पेटको बोसो। अस्वस्थ जीवनशैली र खानपानले कयौं प्राणघातक रोग निम्त्याउन सक्छ।
मोटोपनाका कारण लाग्ने रोगहरु
१. उच्च रक्तचाप (हाइ ब्लडप्रेसर),
२. हृदयघात (हार्ट अट्याक),
३. मधुमेह (डाइबेटिज),
४. कलेजोमा बोसो (फ्याटी लिबर),
५. मस्तिष्कघात (ब्रेन ह्यामरेज),
६. घुर्ने वा निद्रामा सास रोकिने समस्या,
७. दम, आदि।