काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च र सारदा सुदर्शन देवकोटा स्मृति फाउन्डेसनद्वारा प्रदान गरिने यस वर्षको पुरस्कार नागरिक दैनिकमा कार्यरत्त स्वास्थ्य पत्रकार पवित्रा सुनुवारले पाएकी छन्।
स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री भवानी प्रसाद खापुङ्ग र सुदर्शन स्मृति फाउन्डेशनकी अध्यक्ष डा. सुधा देवकाेटाले उक्त पुरस्कार पत्रकार सुनारलाई हस्तान्तरण गरेका हुन। पुरस्कारको राशी ३० हजार रुपैयाँ छ ।।
पत्रकार सुनुवार विगत लामो समयदेखि स्वास्थ्य पत्रकारिता गर्दै आइरहेकी छिन् ।