काठमाडौं। ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप दिन सुरु गरिएको छ । ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो।
ललितपुर महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबारबाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सन्चालन हुने छ।