काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ३० बेडमा आइसियू जडान गर्ने भएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै विरामीहरुको चापलाई मध्य नजर गर्दै केही समयभित्रै ३० बेड आई.सि.यू. सञ्चालन गर्ने भएको हो ।
प्रतिष्ठानमा प्रदेश १, मधेश प्रदेश तथा छिमेकी मुलुक भारतबाट समेत उपचारार्थ दैनिक करिब चार हजारको संख्यामा बिरामीहरु आउने गरेको जनाउँदै प्रतिष्ठानले अति सिकिस्त बिरामीहरुलाई आवश्यक पर्ने आई।सि।यू।बेडको अभाव हटाउन थप ३० बेड थप गर्न लागेको जनाएको छ।
प्रतिष्ठानमा भएको कुल बेड संख्याको अनुपातमा आई.सि.यू.बेडहरुको संख्यामा वृद्धिका लागि प्रतिष्ठानले पहल गर्दै आएको बताउँदै लामो समयदेखि विरामी तथा विरामीको आफन्तले गुनासो पोख्दै आएकाले सरकारलाई अनुरोध गरेर आई.सि.यू. थप गर्ने कार्य अगाडी बढेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोख्रेलले जनाएका छन् ।