काठमाडौं । प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ।अस्पतालको बिमा शाखामा कार्यरत्त नायव सुब्बा बासुदेव महतोले सेवाग्राहीलाई अपशब्द प्रयोग गरेको भन्दै उनलाई निलम्बन गरिएको छ । सेवा प्रवाहमा ढिलाई भएको गुनासो सेवाग्राहीले गरेका थिए ।
अस्पतालले विज्ञप्ती जारी गर्दै अस्पताल जस्तो क्षेत्रमा कर्मचारीद्वारा सेवाग्राहीसँग अकल्पनीय र अमर्यादित घटनाप्रति अस्पताल प्रशासन अत्यन्त गम्भीर र संवेदनशील छ भनेको छ ।
‘अस्पतालको कर्मचारीद्वारा सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील छ’ अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछ।’