काठमाडौंको कमलादी निवासी शुशीला राजकर्णिकार ५१ वर्षकी भइन् । उनी विगत ४ वर्षदेखि क्यान्सर पीडित हुन् । उनको क्यान्सर तेस्रो स्थानमा पुगिसकेको थियो । क्यान्सर उपचारका लागि उनी काठमाडौंको मोडल अस्पताल, भक्तपुरको क्यान्सर अस्पताल लगायत विभिन्न अस्पतालहरुमा पुगिन् ।
दैनिक सानोतिनो व्यवसाय गरी जसोतसो जीवनका धानिरहेको उनको परिवारमा क्यान्सर जस्तो भयानक रोग देखिएपछि उनको परिवारलाई आर्थिक रुपमा अभाव नआउने कुरै भएन । त्यसमाथि पनि क्यान्सरको किमोथेरापी गराउन लागि नै एक पटकको ३५ हजार रुपैंया लाग्थ्र्याे । ।
पहिले सामान्य परीक्षणका लागि भन्दै काठमाडौं मोडल अस्पताल पुगेकी उनलाई पाठेघरमा पानी भरिएको तथा त्यो निकाल्नुपर्ने भएको चिकित्सकले सल्लाह दिए । चिकित्सककै सल्लाहअनुसार उनको शल्यक्रिया पनि भयो । तर उनलाई शल्यक्रियाले मात्रै काम नगर्ने तथा किमोथेरापीमा जानुपर्ने सल्लाह चिकित्सकले दिएपछि उनी किमोथेरापीको लागि भन्दै भक्तपुर क्यान्सर अस्पताल पुगेकी थिईन् ।
सस्तो किमोथेरापीका लागि विभिन्न अस्पाल चहारेकी उनले भक्तपुर क्यान्सर अस्पतालमा ३५ हजार तिरेर करिब १२ पटक जति किमोथेरापी गराइन् । क्यान्सरको उपचारमा किमोथेरापी उनको परिवारका लागि एक त महँगो भयो अर्को उनमा किमोथेरापीका कारण विभिन्न स्वास्थ्य समस्यासमेत देखा परे । क्यान्सरको उपचारका लागि किमोथेरापी गराइरहेकी उनले एक दिन टेलिभिजन मार्फत् परम्परा दिव्य आयुर्वेद औषधालय नयाँ बानेश्वरमा आयुर्वेदिक विधिद्वारा क्यान्सर रोगलाई निको बनाइने थाहा पाइन् ।
त्यहाँकोको औषधि सेवनपछि पुर्नजीवन पाएकी उनी क्यान्सर उपचारका लागि आयुर्वेदिक विधीद्वारा क्यान्सरको उपचा र हुने परम्परा आयुर्वेदिक औषधालयमा जानका लागि सल्लाह दिन्छिन् । क्यान्सरका कारण थलिएर सामान्य हिँडडुलसमेत गर्न नसक्ने उनी हाल जागिर खाएर आयआर्जन गरी आत्मनिर्भर भएकी छन् ।