काठमाडौं । गर्मी बढेसँगै देशको राजधानी सहर काठमाडौँमा हैजा फैलिँदै छ ।
हैजा फैलिनेक्रम बढेपछि चिकित्सकले खुला स्थानमा राखिएका खाना नखान सर्वसाधारणलाई सुझाव दिएका छन् । सडकछेउमा विक्री–वितरण गरिने खाद्य पदार्थ र सम्भव भएसम्म घरबाहिरको खाना नखान चिकित्सकको सुझाव छ । हैजाका बिरामी सानेपा, बागबजार, डिल्लीबजार, कालो पुल, बल्खु, बालाजु, कपन, बोहोराटार र थानकोटमा देखिएका छन् ।
मानव दिसाबाट प्रदूषित पानी र सडकछेउमा बेच्न राखिने खाद्य पदार्थ सेवनले हैजा फैलिएको प्रारम्भिक जानकारी पाइएको छ। इपिडिमियोलोजी तथारोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले अहिलेसम्म आठ जनामा हैजा देखिएको र यो सङ्ख्या बढ्दोक्रममा रहेको जनाए । उनले पानी उमालेर र क्लोरिन प्रयोग गरी शुद्ध बनाएरमात्र पिउन सुझाए ।