काठमाडौं । काठमाडौंमा हैजाका बिरामीको संख्या १० पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौंका अनुसार पछिल्लो समय नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी फेला परेका हुन् ।
पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।