काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले नवनियुक्तको मन्त्रीहरुको नामावली प्रकाशित गरेको हो।
स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए।

