काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३५८ नमुना परीक्षणका क्रममा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन्।