काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२ औं तहमा बढुवाका लागि २ जनाको नाम सिफारिस भएको छ । मंगलबार बसेको बढुवा समितीको बैठकले १ नम्बरमा डा टंकप्रसाद बराकोटी र २ नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको छ ।
मन्त्रालयको एक उच्चस्थ स्रोतका अनुसार आज बसेको बढुवा समितिको बैठकले डा बराकोटी र डा मिश्राको नाम सिफारिस गरेको हो । उनले दुई मध्ये एक जनालाई मन्त्रिपरिषद बैठकले १२ औँ तहमा सिफारिस गर्ने बताए।