काठमाडौ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई स्थगित नगर्ने बताएको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई स्थगन नगरिएको सुचना दिएको हो ।
अस्पतालले असार ३ गते एक विज्ञप्ती निकाल्दै अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो।अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।