काठमाडौ । बाटोमा हिडिरहेका डाक्टरलाई कुटपिट गर्न ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार डाक्टर ट्राफिक प्रहरी राजेन्द्र थापा निलम्बनमा परेका हुन् ।
आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उनका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका थिए।
निवेदनमा पुल्चोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत डाक्टर घिसिङ ड्यूटी सकेर पैदल घर फर्कने क्रममा एकान्तकुना यातायात कार्यालयको बाटोमा कुटपिट गरेको उल्लेख छ ।