काठमाडौं । बुटवलमा जंगली च्याउ खाएर ६ जना बिरामी भएका छन्। उनीहरुलाई अस्पताल भर्ना गरेर उपचार गरिँदै छ।
भर्ना भएकामध्ये ५ जना बेहोस अवस्थामा रहेको चिकित्सकले जानकारी दिए । उनीहरुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। बुटवल उपमहानगरपालिका १२ नयाँगाउँका २८ वर्षकी रिना विक, २८ वर्षीया कमला विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ८ वर्षकी बालिका सप्रिया विकलाई अस्पताल लगिएको छ। उनीहरु सबै बेहोस छन्।
५० वर्षीय हुमबहादुर विक पनि बिरामी छन्। च्याउ खाएर बिरामी परेपछि बुधबार बेलुका पौने ९ बजे उनीहरुलाई आफन्तले अस्पताल लगेका हुन्।