काठमाडौं । बाँकेमा पुन तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शंकास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरूमा संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।
उनले दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरु होम आइसोलेशनमा बसेको बताए । कोभिड पुष्टि भएका दुई नेपालगञ्ज–१८ र एक जना नेपालगञ्ज–१० का हुन् । केही दिनयता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा पनि संक्रमण देखिन थालेको छ ।