काठमाडौं । आज पनि देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी स्थानमा भने आंशिक बदली रहने छ । दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।