काठमाडौं । बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार काठमाडौं आइपुगेको हो ।
नेपाल सरकारले गत असार ९ गतेदेखि देशभरिका २७ जिल्लामा ५ देखी ११ वर्षका बालबालिकाहरुका लागि कोरोना खोप अभियान सञ्चालन गरेको छ ।
पहिलो डोज लगाएका बालबालिकालाई साउन २ देखी ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने मन्त्रालयले जनाउँदै आएको छ ।