काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर तथा एन्टीजेन गरी कूल ३ हजार १० नमुना परीक्षणका क्रममा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन्।