काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्पताल भर्ना भएका छन् । मधुमेह बढेपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङलाई वीर अस्पतालमा भर्ना गरिएको हो ।
चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएका वीर अस्पतालले जनाएको छ । अहिले मन्त्री खापुङको वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।
अहिले मन्त्रीको प्रारम्भिक जाँच गरिएको र स्वास्थ्य अवस्था पनि राम्रो अस्पतालले जनाएको छ ।