एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।बिबिसीका अनुसार मंकीपक्सका बिरामी तीब्ररूपमा बढेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।विश्वव्यापी स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिन्छ।
संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन्।यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ। यतिबेला विश्वमा कोरोना भाइरस र पोलियो गरी अन्य दुई स्वास्थ्य आपतकाल विद्यमान छ।