काठमाडौं । हालसम्म विभिन्न ७० मुलुकमा मंकीपक्सको संक्रमण भएको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसासर ७० भन्दा बढी देशमा १६,००० भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको छ । मंकीपक्स संक्रमणबाट हालसम्म ५ जनाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।मंकीपक्सका बिरामी तीब्ररूपमा बढेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।विश्वव्यापी स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिन्छ।
यतिबेला विश्वमा कोरोना भाइरस र पोलियो गरी अन्य दुई स्वास्थ्य आपतकाल विद्यमान छ।