काठमाडौँ। वीर अस्पताल र गेटा मेडिकल कलेज, अस्पतालबीच जनशक्ति तथा प्राविधिक सहयोग आदानप्रदान सम्बन्धी समझदारी भएको छ।
वीर अस्पताल र गेटा मेडिकल कलेजबीच भएको सम्झौतामा चिकित्सकीय सेवालाई बिस्तार गरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी गरिएको उल्लेख छ।
वीर अस्पताल र गेटा मेडिकल कलेज, अस्पताल कैलाली बीच चिकित्सकीय सेवालाई विस्तार गरि प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि यी दुई स्वास्थ्य संस्थाहरुविच द्धिपक्षिय समझदारी गरि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरियो।’ सम्झौता पत्रमा भनिएको छ। त्यसैगरी विशेषज्ञ चिकित्सकिय सेवा प्रवाहको लागि आवश्यक प्राविधिक सहयोगको आदान प्रदान गर्दै अन्य विषयमा आपसी छलफल तथा समझदारीमा उपचारात्मक सेवाहरुको आदान प्रदान गरिने समझदारी पत्रमा उल्लेख छ।
द्धिपक्षिय समझदारीमा दुई अस्तालबीच विशेषज्ञ जनशक्तिको आदान प्रदान गर्ने उल्लेख छ। समझदारीपत्रमा गेटा मेडिकल कलेज, अस्पताल कैलालीका निर्देशक डा प्रमोद जोशी र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र कुमार बस्नेतले हस्ताक्षर गरेका छन् । उनले एक आपसमा जनशक्ति र प्रविधिको आदानप्रदानले सेवाको गुणस्तरमा वृद्धिभई नागरिकले थप राहत पाउने बताए ।